राजनीति

खानेपानी मन्त्री मणि थापालाई जाजरकोटमा कालो झण्डा देखाइयो

खोनपानी मन्त्री मणि थापालाई जाजरकोटमा कालो झण्डा देखाउँदै विद्यार्थीहरु।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल निकट विद्यार्थीहरुले खोनपानी मन्त्री मणि थापालाई जाजरकोटमा कालो झण्डा देखाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली समूहको पार्टी प्रशिक्षणका लागि जाजरकोट पुगेका मन्त्री थापालाई कालो झण्डा देखाइएको हो।  

जाजरकोटबाट नेपालगञ्ज फर्किरहेका मन्त्री थापालाई जाजरकोटको भेरी नगरपालिकामा विद्यार्थीहरुले कालो झण्डा देखाएका हुन्। संसद् विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन अन्तर्गत उनीहरुले ओली सरकारका मन्त्रीलाई कालो झण्डा देखाएका हुन्।

प्रकाशित: २२ पुस २०७७ ०६:०८ बुधबार

संसद् विघटन मन्त्री मणि थापा कालो झण्डा