राजनीति

प्रधानमन्त्री ओलीले आज पनि कार्यकर्ता भेलालाई सम्बोधन गर्ने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहले आज पनि काठमाडौंमा कार्यकर्ता भेलाको आयोजना गरेको छ। बबरमहलस्थित कार्की पार्टी प्यालेसमा मध्यान्ह १२ बजे हुने अनेरास्ववियू केन्द्रीय कमिटीले जनाएको छ।  

अनेरास्ववियूले आयोजना गरेको उक्त भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ। यसअघि ओली समूहले शनिबार काठमाडौंको प्रज्ञा भवनमा काठमाडौं जिल्लास्तरीय कार्यकर्ता भेला गरेको थियो।

प्रकाशित: १९ पुस २०७७ ०५:२८ आइतबार

प्रधानमन्त्री ओली