राजनीति

ओलीले प्रधानमन्त्री बनाइदिन्छु भनेर देउवालाई ‘हरियो घाँस’ देखाएछन् : खगेन्द्र संग्रौला

लेखक खगेन्द्र संग्रौलाले संसद् विघटन गराउने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने आश्वासन दिएर लोभ्याएको दाबी गरेका छन्।  

कटाक्ष गर्न माहिर स्तम्भकार संग्रौलाले प्रचण्डपछि ओलीको झुक्याइ खाने पालो अब देउवाको भएको टिप्पणी पनि गरेका छन्।  

‘कुटिलमति खड्गप्राद ओलीले प्रधानमन्त्री बनाइदिन्छु भनेर शेरबहादुर देउवालाई हरियो घाँस देखाएछन्,’ साहित्यकार संग्रौलाले सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका छन्, ‘सत्ताको हरियो घाँस हेरेर घुटुक्क थुक निल्दै ओलीका हातको लोप्पा खाने पालो पुकदा (पुष्पकमल दाहाल) पछि अब शेबदे (शेरबहादुर देउवा) को?’ 

उनले अगाडि लेखेका छन्, ‘लोभी गौपुत्रको नियति हरियो घाँसमा लोभिनु र धोका खानु त हो। खाने भो शेरेले !’

प्रकाशित: १८ पुस २०७७ ०८:४८ शनिबार

ओली खगेन्द्र संग्रौला देउवा प्रधानमन्त्री