राजनीति

राष्ट्रिय सभाको सातौं अधिवेशन सुरु

तस्वीरः संसद सचिवालय

संघीय संसद राष्ट्रियसभाको सातौं अधिवेशन शुक्रबारदेखि सुरु भएको छ। बैठकको सुरुमै राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वान गरेको पत्र र मन्त्रिपरिषद् विस्तार र जिम्मेवारी हेरफेर सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रलाई अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पढेर सुनाएका छन्।  

बैठकमा अहिले दलीय प्रतिनिधित्वका आधारमा विभिन्न दलका नेताहरुले सम्बोधन गरिरहेका छन्।  

राष्ट्रपति भण्डारीको आह्वानमा आजदेखि राष्ट्रियसभा सुरु भएको हो।

प्रकाशित: १७ पुस २०७७ १०:५८ शुक्रबार

राष्ट्रियसभा सातौं अधिवेशन