राजनीति

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते बोलाउन सिफारिस

फाइल तस्वीर

बागमती प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते बोलाउन सिफारिस गरेको छ। आज हेटौंडामा बसेको बागमती प्रदेश मन्त्रिपरिषद्को वैठकले प्रदेश प्रमुखलाई प्रदेशसभाको बैठक आगामी माघ ७ गते दिउँसो ३ बजेका लागि आह्वान गर्न सिफारिस गरेको हो।  

प्रधानमन्त्री केपी शर्मा ओली पक्षका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रचण्ड–नेपाल पक्षका ४५ जना सांसदले पुस १० गते अविश्वासको प्रस्ताव दर्ता गरेपछि उनी संसद अधिवेशन बोलाउन डराएका थिए। तर, एउटा अधिवेशन सकिएको ६ महिनाभित्र अर्को अधिवेशन सुरु गर्नुपर्ने संवैधानिक बाध्यताका कारण बैठक बोलाइएको हो।  

बजेट अधिवेश गत साउन ८ गते सकिएको थियो।

प्रकाशित: १७ पुस २०७७ ०९:१० शुक्रबार

बागमती प्रदेश बागमती प्रदेशसभा