राजनीति

प्रदेश २ का संसदीय दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएसँगै प्रचण्ड–नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउने तयारी थालेको छ। आज जनकपुरस्थित पार्टी कार्यालयमा आयोजित पत्रकारसम्मेलनमा संसदीय दलका नेता मण्डललाई दलको नेताबाट हटाउने तयारी गरिएको प्रचण्ड–नेपाल समूहका सांसद शत्रुघन महतोले जानकारी दिए।  

प्रदेश २ मा नेकपाको ३२ जना सांसदमध्ये १७ जना सांसदले हस्ताक्षर गरी दलका उपनेता रामकुमार यादवसमक्ष मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइसकिएको सांसद महतोले जानकारी दिए। रासस 

प्रकाशित: १७ पुस २०७७ ०७:४४ शुक्रबार

प्रदेश २ संसदीय दल अविश्वासको प्रस्ताव