राजनीति

मुख्यमन्त्री शेरधन राईद्वारा १५ जना प्रदेशसभा सदस्य निलम्बन

फाइल तस्बिर

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षका १५ जना प्रदेशसभा सदस्यलाई निलम्बन गरेको घोषणा गरेका छन्। पार्टीको विधान विपरित काम गरेको भन्दै मुख्यमन्त्री राईले तीन महिनाका लागि निलम्बन गरी अनुशासनको कारबाही गरेका हुन्। मुख्यमन्त्री राईले आज हस्ताक्षर गरेको पत्रमा संसदीय दलको विधान २०७६ को दफा २६ (ग) को (२) र (४) बमोजिम निलम्बन गरेको उल्लेख छ।

पत्रमा संसदीय दलको सदस्य भएको अवस्थामा दलको नेतालाई कुनै जानकारी नगराई प्रदेशसभा समक्ष अविश्वासको प्रस्तावमा सही गरेको तथा दलको विधानअनुसार अनुशासन पालना नगरेकाले सोधिएको स्पष्टिकरणको समेत जवाफ नदिएकाले अगामी तीन महिनासम्म संसदीय दलको कुनैपनि क्रियाकलापमा भाग लिनबाट वञ्चित गरिएको उल्लेख छ। साथै संसदीय दलको सदस्यता समेत निलम्बन गरिएको पत्रमा उल्लेख छ।  

प्रदेशसभामा नेकपाको ६७ प्रदेशसभा सदस्य रहेकामध्ये ३७ जनाले पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।  

यसअघि आजै प्रचण्ड–नेपाल पक्षले मुख्यमन्त्री राईलाई दलको नेताबाट हटाएको थियो।

प्रकाशित: १६ पुस २०७७ १०:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App