राजनीति

महेश बस्नेतलाई फेसबुकमा गाली गरेको आरोपमा पक्राउ

नेकपा ओली समूहका नेता महेश बस्नेतलाई फेसबुकमा गाली गरेको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

नेपाली कांग्रेसका क्रियाशिल सदस्यसमेत रहेका नेपालगंज उपमहानगरपालिका १८ डिल्ली चन्दलाई प्रहरीले पक्राउ गरेको हो।

लकडाउनको समयमा जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई बस्नेतसहित किसन गुरुङ, पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपहरण शैलीमा काठमाडौं ल्याएको विषयमा विष्टले फेसवुकमा टिप्पणी गरेका थिए।

चन्द काममै रहेको समयमा पक्राउ गरेको नेपाली कांग्रेस बाँकेले जनाएको छ। बाँके कांग्रेसले एक विज्ञप्ति जारी गर्दै विष्टलाई तुरुन्त रिहा गर्न माग गरेको छ। प्रहरीको साइबर ब्युरोले जिल्ला प्रहरी कार्यालय, बाँकेसँग समन्वय गरेर चन्दलाई पक्राउ गरेको हो।  

 

 

प्रकाशित: १६ पुस २०७७ ०८:५४ बिहीबार

महेश बस्नेत फेसबुक