राजनीति

काठमाडौंमा ओलीपक्षीय नेकपाको सुदूरपश्चिम प्रदेशस्तरीय भेला

प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपाको सुदूरपश्चिम प्रदेशस्तरीय भेला सुरु भएको छ।  

काठमाडौंको कार्की बैंक्वेटमा आयोजित भेलामा प्रधानमन्त्री ओली प्रमुख अतिथि छन्।  

भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्डसँग सम्झौता गर्दागर्दा हैरान भएको बताएका छन्।  

‘कति सम्झौता गर्ने? मेरो एउटा ब्रिफकेस नै प्रचण्डसँगका सम्झौताले भरिएको छ,’ ओलीले भने।  

ओलीले २०७४ को चुनावको नतिजादेखि प्रचण्डले आफूलाई निरन्तर असहयोग गरेको आरोप पनि लगाए। 

सम्बाेधन जारी छ।

प्रकाशित: १५ पुस २०७७ ११:०६ बुधबार

ओली पक्षीय नेकपा