राजनीति

अढाई सय वर्ष पुरानो राजतन्त्र फाल्ने जनताले ‘तिमीहरू’लाई बाँकी राख्ने छैनन् : प्रचण्ड

तस्बिर: रासस

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको पछिल्लो कदम सच्चिएन भने आँधीबेरी आउने चेतावनी दिएका छन्।  

मंगलबार काठमाडौंमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले संसद् विघटनको निर्णय फिर्ता नगरिए आन्दोलनको आँधीबेरी ल्याउने बताएका हुन्।  

‘यदि संविधानमाथिको प्रहार सच्याउन सकिएन भने भोलि आँधिबेरी आउनेछ,’ उनले भने,‘समयमा नै गल्ती सच्याएनौ भने २ सय ५० वर्ष पुरानो व्यवस्था फाल्न सक्ने जनताले तिमीहरूलाई बढार्ने छन्।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विचारबाट स्खलित भइसकेको निरंकुश तानशाहको संज्ञा पनि दिए।  उनले ओलीबाट संविधानमाथि अहिलेसम्मकै ठूलो निर्मम प्रहार भएको समेत आरोप लगाए।  

प्रकाशित: १४ पुस २०७७ १०:३३ मंगलबार

ओली-प्रचण्ड