राजनीति

सरकार काम चलाउ भइसक्यो : कांग्रेस नेता खाँण

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बालकृष्ण खाँणले सरकार काम चलाउ भइसकेको बताएका छन।  नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता खाँणले काम चलाउ सरकारले दिर्घकालिन महत्वका कुनैपनि निर्णय गर्न नपाउने बताए। ‘काम चलाउ सरकारले दिर्घकालिन महत्वका कुनैपनि निर्णय गर्न पाउँदैन। यदी गर्यो भने त्यस्तो निर्णय कांग्रेसलाई स्वीकार्य हुनेछैन’नेता खाँणले भने।  

पूर्वरक्षा मन्त्री समेत रहेका नेता खाँणले राष्ट्रपति कार्यालयले प्रधानमन्त्री कार्यालयको हल्काराको रुपमा काम गरेको टिप्पणी पनि गरे। संविधानको बर्खिलाप हुने गरी प्रम ओलीले व्यक्तिगत स्वार्थमा गरेका निर्णय तथा सिफारिसको मसी सुक्न नपाउँदै राष्ट्रपतिले स्ट्याम्प लगाइदिएको भन्दै उनले राष्ट्रपति कार्यालयलाई हल्लाकाराको संज्ञा दिएका हुन। ‘राष्ट्रपतिसँग बिषय विज्ञ सल्लाहकारको टिम छ तर कसैसँग सल्लाह गर्नुहुन्न। ओलीले गर्ने जनहित र संविधान बिपरितका अध्यादेश,सिफारिसको मसिसुक्न नपाउँदै स्ट्याम्प लगाएर पठाइदिनु हुन्छ’ नेता खाँणले भने।  

संविधानका कुनैपनि धाराले बहुमतको प्रधानमन्त्रीलाई यथास्थितीमा संसद बिघटन गर्ने अधिकार नदिएको भन्दै उनले राष्ट्रपति र प्रधानमन्त्री मिलेर मुलुकलाई एकदलीय सर्वसत्तावाद तर्फ लैजान संसद बिघटनको कदम चालेको आरोप  लगाए।  

संविधान र लोकतन्त्रको रक्षा गर्दै मुलुकलाई सहि दिशा दिन नेपाली कांग्रेस सडकमा निस्कीएको भन्दै उनले देश र जनताकालागि जस्तो सुकै बलिदान दिन काँग्रेस तयार रहेको बताए।  

 

 

प्रकाशित: १४ पुस २०७७ ०९:०४ मंगलबार

कांग्रेस संसद विघटन