नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड-माधव) समूहले प्रधानमन्त्रीको संसद विघटन गर्ने कदमविरुद्ध आज देशभर प्रदर्शन गर्दैछ।
संसद विघटनको विरोधमा राजधानी काठमाडौंमा ५० हजार कार्यकर्ता उतार्ने नेकपाको तयारी रहेको छ। ११ बजे राजधानीका विभिन्न ८ स्थानबाट जुलुस निकाल्ने तयारी गरिएको छ।
नयाँबानेश्वार, लैनचौर, नक्साल, टेकु लगायतका ठाउँबाट जुलुस निस्कने नेकपाले जनाएको छ। सबै जुलुसको केन्द्रीकरण भृकुटीमण्डपमा गरेर सभाको आयोजना गरिएको छ। सभालाई शीर्ष नेताहरुले सम्वोधन गर्नेछन्।
नेकपाको केन्द्रीय कमिटीले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई आन्दोलनको कमाण्डर तोकेको छ।
प्रकाशित: १४ पुस २०७७ ०४:२५ मंगलबार