राजनीति

डीआईजीका लागि ९ जना सिफारिस

गृह मन्त्रालयले नेपाल प्रहरीका ९ जना एसएसपीहरुलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ। सोमबार बसेको बढुवा समितिको बैठकले २०४९ वैशाख र चैतमा प्रहरी सेवामा प्रवेश गरेका एसएसपीलाई बढुवाका लागि सिफारिस गरेको हो। बढुवा सिफारिसमा परेकाहरुमध्ये ७ जना आईजीपी शैलेश थापाकै ब्याची रहेका छन्।  

अन्य दुई जना एआईजी विश्वराज पोख्रेलको ब्याची छन्। गत असारदेखि नेपाल प्रहरीमा डीआईजी पद रिक्त थियो।

 

प्रकाशित: १३ पुस २०७७ १२:४६ सोमबार

प्रहरी बढुवा