राजनीति

विरोधको शैली : ओलीको कदमलाई 'स्वाहा'

वाल्मीकी क्याम्पसमा प्रधानमन्त्री ओलीको विरोधमा गरिएको सांकेतिक विरोध। तस्बिर : मोनिका मल्ल

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ।

नेकपाकै नेता कार्यकर्ता ओलीको कदम प्रतिगामी भएको भन्दै सडकमा आएका छन्। नेपाली कांग्रेसले देशव्यापी आन्दोलन घोषणा गरेको छ भने जनता समाजवादी पार्टी पनि सडक आन्दोलनमा छ।  

स्वतन्त्र नागरिकहरु पनि सांकेतिकरुपमा सडकमा छन्। ओलीको कदमको विरोधमा काठमाडौंको वाल्मीकी क्याम्पसका विद्यार्थीले प्रदर्शन गरेका छन्। वाल्मीकी क्याम्पस अनेरास्ववियू इकाइका विद्यार्थीहरुले सरकारको कदम प्रतिगामी भएको भन्दै 'स्वाहा' गरेका छन्।

जग्गे लगाएर शंख घण्ट बजाउँदै उनीहरुले अग्नि होम गरेका थिए। उनीहरुले केपी ओली 'स्वाहा' भन्दै होम गरेका थिए।

 

प्रकाशित: १३ पुस २०७७ ११:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App