राजनीति

संसद विघटनको विरोध गर्दै डम्फूसहित प्रदर्शन

वृहत नागरिक आन्दोलनले प्रतिनिधिसभा विघटनविरुद्ध डम्फूसहित प्रदर्शन गरेको छ। माईतीघरमा डम्फू बजाएर प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोध गरिएको हो। 

वृहत नागरिक आन्दोलन समूहले शंख, धिमे, च्याङब्रुसहित आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

आन्दोलनमा नागरिक अगुवा, लेखक, पत्रकार कवि लगायतको सहभागिता रहेको छ।

 

 

प्रकाशित: १३ पुस २०७७ १०:२४ सोमबार

संसद विघटन आन्दोलन