राजनीति

प्रतिनिधिसभा विघटनविरूद्ध कांग्रेसले आज देशव्यापी प्रदर्शन गर्दै

फाइल फोटो

प्रतिनिधिसभा विघटनविरूद्ध नेपाली कांग्रेसले आज देशैभर प्रदर्शन गर्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि कांग्रेसले आज त्यसको विरोधमा देशका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागेको हो।

प्रदर्शनको नेतृत्वका लागि केन्द्रीय नेताहरु देशका विभिन्न ठाउँमा पुगेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य प्रदीप पौडेल लगायतका नेताहरु तनहुँ पुगेका छन्। यस्तै, पार्टी सभापति शेर बहादुर देउवाले भक्तपुरको प्रदर्शनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौंको कोटेश्वरमा सम्बोधन गर्दैछन्।  

केन्द्रीय सदस्य गगन थापाले नेपालगञ्जको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। कांग्रेस केन्द्रीय कार्य समितिको ९ गतेको बैठकले संसद विघटनविरूद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको थियो। यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले आजको देशव्यापी प्रदर्शनलाई साथ दिन आह्वान गरेका थिए।  

प्रकाशित: १३ पुस २०७७ ०६:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App