राजनीति

प्रतिधिसभा विघटनविरूद्धको देशव्यापी प्रदर्शनमा ऐक्यबद्धता जनाउन देउवाको आग्रह

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिधिसभा विघटनविरूद्धको देशव्यापी प्रदर्शनमा ऐक्यबद्धता जनाउन आग्रह गरेका छन्। आज एक विज्ञप्तिमार्फत सभापति देउवाले पुस १३ गतेका लागि तय गरिएको कांग्रेसको देशव्यापी प्रदर्शनलाई साथ दिन आग्रह गरेका हुन्।  

उनले सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमविरूद्ध सबै लोकतन्त्रवादीहरु एक हुनुपर्ने पनि बताएका छन्। ‘पार्टीका सदस्य, सुभचिन्तक र सबै लोकतन्त्रवादीलाई विरोध प्रदर्शनमा सरिक भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरूद्ध ऐक्यबद्धता प्रकट गर्न अपील गर्दछु,’ देउवाको विज्ञप्तिमा उल्लेख गरिएको छ।

कांग्रेसले पुस १३ गते सोमबार देशैभरका १६५ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा विघटनविरूद्ध प्रदर्शन गर्ने तयारी गरेको छ।

प्रकाशित: ११ पुस २०७७ ०८:१५ शनिबार

प्रतिधिसभा विघटन देशव्यापी प्रदर्शन कांग्रेस