राजनीति

प्रचण्डसँगको भेटमा गौतमले भनेः अझै पनि पार्टी एकताको पक्षमा छु

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र पार्टी उपाध्यक्ष बामदेव गौतमबीच भेटवार्ता भएको छ। प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा पार्टी विभाजन र प्रतिनिधिसभा विघटनका सम्बन्धमा छलफल भएको हो।

आजको भेटवार्तामा प्रचण्डले गौतमलाई आफूहरुको पक्षमा आउन आग्रह गरेका थिए। जवाफ गौतमले आफू अझैपनि पार्टी एकताको पक्षमा रहेको बताएको स्रोतले जनाएको छ।

प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी ओली र प्रचण्ड–नेपाल पक्ष दुई कित्तामा छुट्टिएका थिए। तर, गौतम भने आफू तटस्थ रहेको बताउँदै आएका छन्। उनी अहिलेसम्म कुनै पक्षले बोलाएको बैठकमा गएका छैनन्।

प्रकाशित: ११ पुस २०७७ ०७:०६ शनिबार

पार्टी एकता नेपाल कम्युनिस्ट पार्टी बामदेव गौतम पुष्पकमल दाहाल 'प्रचण्ड'