राजनीति

प्रतिनिधिसभा विघटनविरूद्ध जसपाको प्रदर्शन

जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभा विघटनविरूद्ध आज देशका विभिन्न स्थानमा प्रदर्शन गरेको छ। पूर्वनिर्धारित कार्यक्रम अनुसार जसपाले सरकारको पछिल्लो कदमविरूद्ध खोटाङ, धनुषा, कैलाली लगायतका जिल्लामा प्रदर्शन गरेको हो।

प्रदर्शनका क्रममा जसपाका नेता कार्यकताहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध चर्का नारा लगाएका थिए। प्रदर्शनकारीहरुले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुतला समेत जलाएका थिए।

जसपाले भोलि देशैभरका जिल्ला सदरमुकामसहित विभिन्न स्थानमा प्रदर्शन गर्ने तयारी गरेको छ। यसैगरी उसले पर्सि १२ गते काठमाडौं लगायतका शहरमा प्रदर्शन गर्ने भएको छ।

सरकारले प्रतिनिधिसभा विघटन गरेपछि त्यसका विरूद्ध जसपाले चरणवद्ध आन्दोलनको घोषणा गरेको थियो।

 

 

प्रकाशित: १० पुस २०७७ ११:४६ शुक्रबार

जसपा प्रदर्शन