राजनीति

हामी आधिकारिक हौं, पार्टीको सम्पत्ति हाम्रो हुन्छ : माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीको सम्पूर्ण सम्पत्ति आफूहरुको हुने दाबी गरेका छन्। शुक्रबार बबरमहलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता नेपालले आफूहरुको पार्टी आधिकारीक हुने भएकाले सम्पत्ति पनि आफूहरुकै हुने दाबी गरेका हुन्।

‘नेकपाको नाममा रहेको सम्पूर्ण सम्पत्ति हाम्रो हुन्छ,’ उनले भने,‘सबै पार्टी कार्यालय, पार्टीको नाममा रहेको सबै सम्पत्ति हाम्रो हुन्छ, हाम्रो पार्टी आधिकारिक हो।’

उनले प्रधानमन्त्री केपी ओलीको अहंकारका कारण पार्टी विभाजनको अवस्थामा पुगेको पनि बताए। उनले प्रधानमन्त्री ओली कम्युनिष्ट आचरणका विमुख भएको समेत आरोप लगाए। ‘ओली पतनको बाटोमा छन्,’ उनले भने,‘ओली गणतन्त्र विरोधी हुन्।’

यस्तै उनले सरकारमा केपीवाद हाबी भएको पनि बताए। ओली तानाशाही प्रवृत्तितर्फ उन्मुख भएको उनको आरोप छ। 'उहाँलाई विधि मन पर्दैन', नेपालले भने, 'केपी बा भनेको मन पर्छ।' केपी ओली संघीयता र गण्तन्त्रको विरोधि भएको आरोप लगाए।  

 

 

प्रकाशित: १० पुस २०७७ १०:०१ शुक्रबार

माधव नेपाल नेकपा