राजनीति

चुनाव चिह्न हाम्रो हुन्छ, बादल झुक्किनु भो आउनुहुन्छ : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी भित्रैबाट असहयोग गरेकाले संसद विघटन गर्नुपरेको भन्ने प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिको खण्डन गरेका छन्। बबर महलमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा काम गर्न दिएनन् भनेर ओलीले भन्नु आफैंमा कूतर्क हुने बताए।

अर्को प्रसंगमा उनले सर्वोच्च अदालत र निर्वाचन आयोगले निष्पक्ष निर्णय लिनेमा आफू विश्वस्त रहेको बताएका छन्। उनले आफूहरुले पार्टीको नाम, लोगो र चुनाव चिन्ह आफूहरुको हुने दाबी समेत गरे।

उनले रामबहादुर थापा बादल अन्त्यमा आफुहरुसँगै आउने बताए। 'अहिले झुक्किएर उता जानु भएको छ, पछि यतै आउनुहुन्छ', प्रचण्डले भने।

 

 

प्रकाशित: १० पुस २०७७ ०९:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App