राजनीति

‘खड्गप्रसादको असंवैधानिक खड्ग प्रहारले सार्वभौम संसद् मर्न सक्दैन/मरेको छैन’

बिहीबार सभामुख अग्नि सापकोटाको कार्यकक्षमा जसपा नेताहरू। तस्बिर : डा. बाबुराम भट्टराईको फेसबुकबाट।

जनता समाजवादी पार्टी (जसपा) नेपालले आज (बिहीबार) सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर संसद् अधिवेशन बोलाउन माग गरेको छ।  

बिहीबार सिंहदरबारस्थित संसद् सचिवालयमा सभामुख सापकोटाको कार्यकक्षामा पुगेर जसपा नेताहरू डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र लक्षमणलाल कर्णले बैठक बोलाउन माग गरेका हुन्।  

संविधानले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नदिएको भन्दै उनीहरूले संसद् जीवितै रहेको दाबी सभामुखसमक्ष प्रस्तुत गरेका थिए।

सभामुख सापकोटासँग भेट गर्दै गरेको तस्बिरसहित जसपाका संघीय परिषद् अध्यक्ष डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘खड्गप्रसादको असंवैधानिक खड्ग प्रहारले सार्वभौम संसद मर्न सक्दैन/मरेको छैन।’

प्रकाशित: ९ पुस २०७७ १०:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App