राजनीति

बादलका सल्लाहकार सुवेदीले दिए राजीनामा

गृहमन्त्री रामबहादुर थापा 'बादल' का राजनीतिक सल्लाहकार सूर्य सुवेदी 'पथिक' ले राजीनामा दिएका छन्।

थापा ओली समहूमा लागेपछि सुवेदीले राजीनामा दिएका हुन्। संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम प्रतिगामी भएको बताउँदै आएका सुवेदी लगायतका नेताहरुले अन्तिमसम्म थापालाई ओलीको पक्षमा नलाग्न आग्रह गरेका थिए।

थापाको सचिवालयमा राजनीतिक र नैतिक दृष्टिले बसिरहन नसक्ने उनले बताएका छन्।

सामाजिक संजालमा सुवेदीले लेखेका छन्, ' गृहमन्त्री आदरणीय क. राम बहादुर थापा बादलको सचिवालय र उहाँको राजनीतिक सल्लाहाकारको भूमिकामा आजबाट राजनीतिक र नैतिक दृष्टिले नरहेको जानकारी गराउँछु।'  सुवेदी नेकपाका केन्द्रीय सदस्य समेत हुन्।

पूर्वमाओवादीका टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा यस अघि नै ओली समूहमा लागि सकेका छन्।

 

 

प्रकाशित: ९ पुस २०७७ ०८:५२ बिहीबार

बादल नेकपा