राजनीति

ओलीविरुद्ध डा.भट्टराईको पुनः आह्वान : यो भष्मासुर प्रवृत्ति हो, इतिहासबाट छिटो बिदा गरौं

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले फेरि एकपटक प्रधानमन्त्री ओलीको शैलीलाई भष्मासुरको संज्ञा दिँदै त्यसलाई इतिहासबाट छिटो बिदा गर्न आह्वान गरेका छन्।  

यसअघि गत अप्रिल २५ मा आफैंले फेसबुकमा लेखेको स्टाटस सेयर गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले निरंकुश/भ्रष्ट/प्रतिक्रान्तिकारी पात्रलाई बेलैमा नचिन्दा अहिले यत्रो आपत् आइलागेको बताएका हुन्। 

डा.भट्टराईले बिहीबार तल ट्विटरमार्फत सेयर गरेको फेसबुक लिंक खोलेर गत अप्रिल २५ मा भष्मासुर प्रवृत्तिबारे उनले लेखेको लामाे स्टाटस पढ्न सकिन्छ।  

प्रकाशित: ९ पुस २०७७ ०८:३३ बिहीबार

ओली डा.भट्टराई