राजनीति

ओली केन्द्रीय समितिबाट दुई जनाको राजीनामा

प्रधानमन्त्री केपी शर्मा ओली समूहबाट केन्द्रीय सदस्यमा मनोनित गरिएका मध्ये बाराबाट दुई जनाले बुधबार राजीनामा दिएका छन्।

नेपाल कम्युष्टि पार्टी(नेकपा)का केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकको हवाला दिँदै केन्द्रीय सदस्यमा मनोनित गरिएका सुन्दर बिश्वकर्मा र कमलेश झाले विज्ञप्ति मार्फत राजीनामा गरेका हुन्।

नेपाल कम्युष्टि पार्टी(नेकपा) को प्रदेश २ कमिति सदस्य, बारा जिल्ला कमिति सचिवको महत्वपुर्ण जिम्मेवारीमा रहेको हुँदा उक्त समूहको केन्द्रीय सदस्यबाट पद अस्वीकार गरेको विज्ञप्तिमा सुन्दर बिश्वकर्माले उल्लेख गरेका छन्।

त्यसैगरि नेपाल कम्युष्टि पार्टी(नेकपा) को प्रदेश २ कमिटि सदस्य, नेपाल ट्रेड यूनियन महासंघ प्रदेश २ को अध्यक्षको महत्वपुर्ण जिम्मेवारीमा रहेको हुँदा उक्त समूहको केन्द्रीय सदस्यबाट पद अस्वीकार गरेको र श्रमजिवी मजदुर तथा जनसमुदायलाई भ्रममा नपर्न आग्रह गरेको विज्ञप्तिमा कमलेश झाले उल्लेख गरेका छन्।

बिश्वकर्मा निर्वाचन क्षेत्र ४ को क को प्रदेश सभाबाट निर्वाचित प्रदेश सभा सदस्य समेत रहेका छन्।

दुई तिहारी बहुमतको सरकार हुँदा हुँदै ओलीले पार्टीको विवाद आन्तरिक रुपमा मिलाउन नखोजी संसद विघटन गरेर पार्टी र कार्यकर्तालाई अन्याय गरेको भन्दै ओलीको समूहमा बस्नुको कुनै औचित्य नरहेको भन्दै पद अस्वीकार गरेको झाले बताए।

प्रकाशित: ८ पुस २०७७ १३:१९ बुधबार

ओली केन्द्रीय समिति राजीनामा