राजनीति

विराटनगरमा जसपाको प्रदर्शन

प्रदर्शनमा सहभागी जसपाका नेताकार्यकर्ता । तस्बिरः नागरिक

जनता समाजवादी पार्टी (जसपा)ले प्रतिनिधिसभा विघटनको विरोधमा विराटनगरमा प्रदर्शन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित प्रतिनिधिसभा विघटन गरेको भन्दै जसपाले विरोध प्रदर्शन गरेको हो।    

विराटनगरको संसारीमाई स्थानबाट निकालिएको विरोघ र्‍याली घाँसचौकमा गएर कोण सभामा परिणत भएको थियो। नेताहरुले संसद विघटन गर्ने प्रधानमन्त्रीको प्रस्ताव र त्यसलाई स्वीकृत गर्ने राष्ट्रपतिको निणर्य असंवैधानिक, लोकतन्त्रविरोधी रहेको बताए। संसद विघटना गर्ने असंवैधानिक कार्यलाई फिर्ता नलिएसम्मका विरोधका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने उनिहरूले स्पष्ट पारे। कोणसभालाई प्रदेश सांसद जयराम यादव, केन्द्रीय सदस्यहरु अमरेन्द्र साह, तवरेज हक, भुराज राई, रामलाल सुतिहार, वसुन्धरा झालगायतले सम्बोधन गरेका थिए।

प्रकाशित: ८ पुस २०७७ १२:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App