राजनीति

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले देशब्यापी प्रदर्शन गर्ने

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध देशब्यापी प्रदर्शन गर्ने भएको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो।  

प्रदर्शनको मिति भने भोलि बस्ने बैठकले तय गर्नेछ।  

यस्तै आजको बैठकले पुस १६ गतेलाई राष्ट्रिय एकता र मेलमिलाप दिवसका रुपमा मनाउने निर्णय गरेको छ।

प्रकाशित: ८ पुस २०७७ ११:५६ बुधबार

प्रतिनिधिसभा विघटन कांग्रेसका देशब्यापी प्रदर्शन