राजनीति

ओली पक्षले प्रदेश भेला गर्दै, नयाँ केन्द्रीय सदस्यलाई प्रशिक्षण दिइने

नेपाल कम्युनिष्ट पार्टी ओली समूहले बुधबार नयाँ मनोनित केन्द्रीय सदस्यहरूलाई प्रशिक्षण दिने भएको छ। ओली समूहले मंगलबार मनोनित भएका ५ सय ५६ जनालाई प्रशिक्षण दिन लागेको हो।  

ओली पक्षका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्यमन्त्रीहरू शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलगायतका नेताहरुले प्रशिक्षण दिँदैछन्। उनका अनुसार प्रदेशगत हुने प्रशिक्षण भेलामा निम्नअनुसारका नेताहरु तोकिएका छन् :

१.सुदूरपश्चिम प्रदेशमा – लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डे  

२. कर्णाली प्रदेशमा – शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य  

३. लुम्बिनी प्रदेशमा – विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटा  

४. गण्डकी प्रदेशमा – टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेल  

५. वागमती प्रदेशमा – ईश्वर पोखरेल, र पद्मा अर्याल  

६. प्रदेश नम्बर २ मा – ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो  

७. प्रदेश नम्बर १ मा – सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्वाहाम्फे  

 

प्रकाशित: ८ पुस २०७७ ०६:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App