राजनीति

ओलीलाई संसदीय दलको नेताबाट हटाएर प्रचण्डलाई बनाउने तयारी

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पक्षको संसदीय दलको भेला बस्दैछ। बुधबार दिउँसो पौने १ बजे संसद भवन बानेश्वरमा संसदीय दलको बैठक बस्न लागेको हो।

बैठकले केपी ओलीलाई संसदीय दलको नेताबाट हटाएर प्रचण्डलाई बनाउने तयारी गरेको स्रोतले जनाएको छ। 

यसअघि हिजो मात्र प्रचण्ड दाहाल पक्षले ओलीलाई अध्यक्षबाट हटाएर नेता नेपाललाई अध्यक्ष बनाएको थियो। 

प्रकाशित: ८ पुस २०७७ ०६:२४ बुधबार

ओली प्रचण्ड–नेपाल पक्ष संसदीय दल