राजनीति

दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक : माधव नेपाल अध्यक्षमा चयन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड - माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी ओलीलाई अध्यक्षबाट हटाउँदै माधव नेपाललाई नयाँ अध्यक्षमा चयन गरेको छ।  

ओलीलाई अनुशासनको कारवाही गर्दै उनलाई पदबाट हटाएको हो। वरिष्ठ नेता झलनाथ खनालले नेपालाई अध्यक्षका लागि प्रस्ताव गरेपछि केन्द्रीय कमिटीले बहुमतले उक्त प्रस्ताव बहुमतले पारित गरेको थियो।  यो सँगै पुष्पकमल दाहाल र नेपाल दुई अध्यक्ष रहने छन्।

ओलीले संसद भंग गरे लगत्तै बसेको नेकपा स्थायी कमिटी बैठकले उनलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो।  

 

 

प्रकाशित: ७ पुस २०७७ ११:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App