राजनीति

पुरानो पार्टी ब्यूँताउने सपना नदेखे हुन्छ : माधव नेपाल

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बालुवाटार भेलालाई गुट भेलाको संज्ञा दिएका छन्। प्रचण्ड- माधव समूहका केन्द्रीय सदस्यको बैठकमा बोल्दै उनले ४४१ केन्द्रीय सदस्यको दुई तिहाई आफुहरुसँग भएको भन्दै केपी ओली समूहको भेला अवैधानिक भएको बताए।

संसद विघटन गरेर ओलीले अलोकतान्त्रिक र असंवैधानिक काम गरेकोले त्यसको प्रतिवाद गर्न जरुरी भएको बताए। उनले अब एमाले र माओवादी व्युतिन नसक्ने बताए। एकतासँगै ति पार्टीको अस्तित्व सकिएकोले पुराना पार्टी ब्यूँताउने सपना नदेख्न उनले चेतावनी दिए।

आफुहरु ओलीको पटक पटकको अपमान सहेर पनि पार्टी एकता बचाउन लागेको उनले बताए।

 

प्रकाशित: ७ पुस २०७७ ०९:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App