राजनीति

प्रचण्ड-नेपाल समूहको बैठक सुरु, ओलीलाई कारबाही गर्ने तयारी

फाइल तस्बिर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका केन्द्रीय समिति सदस्यको भेला सुरु भएको छ।  

काठमाडौंस्थित बबरमहलको एक पार्टी प्यालेसले केन्द्रीय समिति बैठक सुरु भएको हो।  

बैठकले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्ने तयारी गरेको छ। संसद् भंग गराएपछि प्रचण्ड–नेपाल पक्षले पार्टीको केन्द्रीय समिति बैठकबाट ओलीलाई अनुशासनको कारबाही गर्ने तयारी गरेको हो।  

तर ओलीले यसअघि नै बिहान केन्द्रीय सदस्यको भेला सम्पन्न गरिसकेका छन्। 

भेलाले केन्द्रीय सदस्य थप गरेको छ भने प्रदीप ज्ञवालीलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएको छ। 

प्रकाशित: ७ पुस २०७७ ०८:१८ मंगलबार

नेकपा विवाद प्रचण्ड-नेपाल समूह