प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका ६४ प्रतिशत सांसदको समर्थनमा प्रतिनिधिसभा विघटन गरिएको दाबी गरेका छन्।
आफ्नो आह्वानमा आज बालुवाटारमा बसेको केन्द्रीय समितिकाे बैठकमा प्रधानमन्त्री ओलीले नेकपाका बहुमत सांसदको समर्थनमा संसद् भंग गराएको दाबी गरेका हुन्।
बैठकबाट ओली पक्षका पार्टी प्रवक्ता बनेका प्रद्रीप ज्ञवालीले आजको भेलाले एकताबद्ध भएर चुनावमा जाने निर्णय गरेको जानकारी दिए। उनले सरकारले गरेका राम्रा कामसहित चुनावमा जान लागिएको बताए।
आजै प्रचण्ड-नेपाल समूहका केन्द्रीय सदस्यको भेला पनि भइरहेको छ।
यसअघिदेखि नै दुई पक्षबीच विवाद चर्किरहेका बेला प्रधानमन्त्री ओलीले राष्ट्रपतिमार्फत प्रतिनिधिसभा विघटन गराउँदै वैशाख १७ र २७ गतेलाई चुनाव घोषणा गरेपछि झन् नेकपा औपचारिक रूपमै विभाजनको नजिक पुगेको हो।
यो पनि पढ्नुहोस्
हामीले अपनाएको प्रधानमन्त्रीय प्रणाली नयाँ हो, जसमा संसद् विघटन हुन सक्दैन : डा. भट्टराई
प्रकाशित: ७ पुस २०७७ ०७:५२ मंगलबार