राजनीति

हामीले अपनाएको प्रधानमन्त्रीय प्रणाली नयाँ हो, जसमा संसद् विघटन हुन सक्दैन : डा. भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालको संविधानमा बहुमत प्राप्त सरकार बन्ने सम्भावना रहँदासम्म  प्रधानमन्त्रीले संसद् विघटन गर्न नसक्ने व्यवस्था रहेको दाबी गरेका छन्।  

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भंग गर्दै वैशाख १७ र २७ गते चुनाव घोषणा गरिसकेको सन्दर्भमा पूर्वप्रधानमन्त्री डा. भट्टराईले हाम्रो देशको राजनीतिक प्रणाली प्रमधानमन्त्रीले संसद् विघटन गर्न सक्ने विशेष अधिकार भएको ‘वेस्टमिन्सटर प्रणाली’ नभएको जिकिर गरेका हुन्।  

‘दिग्गज मानिएका केही बौद्धिक मित्रलाई संविधान निर्मातामध्ये एकको नाताले हल्का ‘रिमाइन्डर’ १. हाम्रो संविधानले व्यवस्था गरेको प्रणाली प्रमको संसद विघटन गर्न सक्ने विशेषाधिकार भएको वेस्टमिन्सटर प्रणाली नभै बहुमत प्राप्त सरकार बन्ने सम्भावना भएसम्म संसद् विघटन हुन नसक्ने नयाँ प्रणाली हो,’ उनले ट्विट गरेका छन्। 

प्रकाशित: ७ पुस २०७७ ०७:४० मंगलबार

डा. भट्टराई