राजनीति

गौतम र बादललाई फकाउँदै प्रचण्ड–नेपाल समूह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई फकाउन लागिपरेको छ। स्पष्ट रुपमा खुलिनसकेका शीर्ष नेताद्वयलाई फकाउन प्रचण्ड–दाहाल समूह आज बिहानैदेखि सक्रिय बनेको छ।  

उनीहरुको राणनीति मंगलाबार दिउँसोका लागि बोलाइएको केन्द्रीय सदस्यहरुको भेलामा गौतम र बादलाई उपस्थित गराएर अर्का अध्यक्ष केपी ओलीलाई चुनौती दिनु रहेको छ। प्रचण्ड–नेपाल समूहले मंगलबार दिउँसो १ बजेका लागि केन्द्रीय सदस्यहरुको भेला बोलाएको छ।

त्यसअघि आज बिहान मात्र प्रचण्ड आफैंले बादललाई भेटेका थिए। अहिले नेता गौतमलाई फकाउन नेता नेपाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ गौतम निवास भैंसेपाटी पुगेका छन्।

गौतम र बादल दुवैजना ओलीले आज बिहान बोलाएको केन्द्रीय सदस्यहरुको भेलामा अनुपस्थित थिए।

 

प्रकाशित: ७ पुस २०७७ ०६:५० मंगलबार

नेकपा बामदेव गौतम बादल