राजनीति

ओलीले भने : पिलो निचोरेर फाल्दैमा तौल घट्दैन

प्रधानमन्त्री केपी शर्मा ओलीले आफु निकट केन्द्रीय समितिको बैठकमा केही व्यक्तिहरु पार्टीमा नहुँदैमा असर नपर्ने बताएका छन्। प्रतिनिधिसभा विघटन गरेपछि नयाँ निर्वाचनकोम मितिसमेत घोषणा गरेका ओलीले प्रचण्ड-माधव नेपाल खेमलाई इंगित गर्दै पिलो निचोरेर फाल्दैमा तौल घट्दैन...भन्ने जीवन शर्माको गीत सुनाएका थिए। बैठकमा ओलीले आफुले पार्टी फुटाउन नचाहेको बताएका थिए।

ओली समूहको बैठकले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेको छ। आज नै प्रचण्ड-माधव नेपाल समूहले १ बजेलाई केन्द्रीय समिति बैठक बोलाएको छ।

 

 

 

प्रकाशित: ७ पुस २०७७ ०६:२३ मंगलबार

केपी शर्मा ओली ओली समूह