राजनीति

नेकपा नेता जनार्दन शर्माकाे दाबी : संविधानअनुसार संसद् जीवितै छ

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य नेता जनार्दन शर्माले संसद् अझै जीवितै रहेको जिकिर गरेका छन्।  

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधिसभा विघटन गरी वैशाख १७ र २७ गतेका लागि चुनावसमेत तोकिसकेको अवस्थामा पूर्व गृहमन्त्रीसमेत रहेका शर्माले सोमबार सामाजिक सञ्जालमा लेख्दै संविधानअनुसार संसद् यथावत् नै रहेको दाबी गरेका हुन्।  

पूर्वगृहमन्त्रीसमेत रहेका शर्माले फेसबुकमा लेखेका छन्, ‘संविधानअनुसार संसद् जीवित नै छ।’ तर कसरी छ भन्नेबारे नेता शर्माले केही लेखेका छैनन्। 

प्रकाशित: ६ पुस २०७७ १०:१२ सोमबार

केपी शर्मा ओली जनार्दन शर्मा