राजनीति

संसद विघटनको विरोधमा सिंहदरबार अगाडि प्रदर्शन, कृष्ण पहाडीसहित अधिकारकर्मी पक्राउ

संसद विघटनको विरोधमा सिंहदरबार अगाडि प्रदर्शन गर्न पुगेको कृष्ण पहाडीसहितका अधिकारकर्मी पक्राउ परेका छन्। सोमबार बिहान ‘संसद विघटन लोकतन्त्रको सबैभन्दा ठूलो उपहास’, ‘संसद विघटन असंवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी’ लगायतका ‘प्ले कार्ड’ बोकेर सिंहदरबारमा प्रदर्शन गरिरहेका उनीहरुलाई प्रहरीले धरपकड गरी पक्राउ गरेको हो। आइतबार प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिले असंवैधानिक तवरबाट संसद विघटन गरेपछि त्यसको विरोधमा देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ।

 

 

प्रकाशित: ६ पुस २०७७ ०७:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App