राजनीति

कुनै व्यक्तिको एकता विरोधी गतिविधिले पार्टी विभाजन हुँदैन : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टी विभाजन नहुने बताएका छन्। सोमबार एक विज्ञप्तिमार्फत अध्यक्ष दाहालले ‘कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन नसक्ने’ बताएका हुन्। विज्ञप्तिमा उनले केपी ओलीका पछिल्ला क्रियाकलापले नेकपाको एकतालाई तात्वित असर नपर्ने उल्लेख गरेका छन्।

‘कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी गतिविधिले हाम्रो पार्टीको एकतालाई कुनै तात्विक असर पर्दैन,’ दाहालको विज्ञप्तिमा लेखिएको छ,‘एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वहरुका विरूद्ध एकतावद्ध भएर उभिन अपील गर्दछु।’

उनले ओलीको संसद विघटनको कदमलाई ‘असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी एवम् स्वेच्छाचारी’ भनेका छन्। साथै, उनले ओलीलाई मंगलबारका लागि बोलाइएको स्थायी कमिटी बैठकमा अनुशासनको कारबाहीका लागि स्पष्टिकरण माग्न लागिएको समेत जानकारी गराएका छन्।

 

प्रकाशित: ६ पुस २०७७ ०६:१८ सोमबार

नेकपा संसद विघटन