राजनीति

केपी ओलीलाई कारवाही गर्ने नेकपा स्थायी कमिटीको निर्णय

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको छ।  

आज बसेको बैठकले ओलीलाई कारवाही गर्ने प्रस्ताव ७ गतेको केन्द्रीय कमिटीमा लैजाने प्रस्ताव गरेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए। संसद विघटनको भण्डाफोर गर्ने पनि बैठकले निर्णय गरेको छ।

यस्तै कृष्णबहादुर महरालाई स्थायी कमिटीमा लैजाने निर्णय भएको छ। बैठकमा ओली पक्षका नेताहरु सहभागि थिएनन्।

 

प्रकाशित: ५ पुस २०७७ १२:०९ आइतबार

केपी ओली नेकपा संसद विघटन