राजनीति

रामकुमारी झाँक्रीको आक्रोशः संसद् विघटन गरेकामा विद्या भण्डारी र केपी ओलीलाई बधाई !

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ रामकुमारी झाँक्रीले संसद् विघटन भएकामा गम्भीर चिन्ता व्यक्त गरेकी छन्।  

आइतबार अपराह्न सामाजिक सञ्जालमार्फत उनले योभन्दा मर्माहत क्षण अरू हुन नसक्ने बताएकी हुन्।  

उनले फेरि एकपटक गणतन्त्रका लागि लड्न सबैमा आह्वान पनि गरेकी छन्। 

साथै उनले कम्युनिस्ट आन्दाेलन समाप्त पारेकामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई भनेकी छन्। 

प्रकाशित: ५ पुस २०७७ ११:१५ आइतबार

रामकुमारी झाँक्री संसद् विघटन