राजनीति

प्रधानमन्त्रीको कदम गलत भएको भन्दै ७ मन्त्रीद्वारा राजीनामा

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम पछि ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै उर्जामन्त्री वर्षमान पुन, पर्यटनमन्त्री योगेश भट्टराई, बनमन्त्री शक्ति बस्नेत, कृषिमन्त्री घनश्याम भुसाल, शिक्षामन्त्री गिरिराजमणी पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वरराय यादवले राजीनामा दिएका हुन्।

पूर्वमाओवादीबाट मन्त्री गृहमन्त्री रामबहादुर थापा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भने राजिनामा दिएका छैनन्।  

 

प्रकाशित: ५ पुस २०७७ १०:५४ आइतबार

राजीनामा संसद विघटन