राजनीति

राज्यविरूद्ध ‘कू’ गर्ने प्रधानमन्त्रीलाई कानुनी कारबाही हुनुपर्छ : ओमप्रकाश अर्याल

अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गराएर राज्यविरुद्ध अपराध गरेको  बताएका छन्। 

 ‘प्रधामन्त्रीले राज्यविरुद्ध ठूलो अपराध गर्नुभएको छ। उहाँले  देशको संविधानलाई भंग गर्नुभएको छ,’ अधिवक्ता अर्यालले नागरिक न्युजसँग भने, ‘राज्यविरुद्ध कू गर्नेलाई कानुनी कारबाही हुनुपर्छ।’

प्रधानमन्त्रीलाई के कस्तो कारबाही गर्ने भन्ने नै अहिले जटिल प्रश्न रहेको उनी बताउँछन्। प्रधानमन्त्रीलाई कारबाही गरिएन भने देश नै असुरक्षित हुने उनकाे चेतावनी छ।

अहिले उहाँलाई कारबाही गरिएन भने यस्ता प्रवृत्ति फेरि दोहोरिन्छन्,’ उनी भन्छन्,’ अन्तर्राष्ट्रिय मुलुकमा संवैधानिक कू गर्नेलाई कारबाही हुन्छ। यो पनि संवैधानिक कू हो। त्यसैले यो संवैधानिक कू मा जो जो संलग्न छन् उनीहरुलाई कारबाही हुनुपर्छ।’  

 ‘संविधानको धारा ७६ को ७ र धारा ८५ मा मात्र संसद विघटनको कुरा गरिएको छ,’ अधिवक्ता अर्याल थप्छन्, ‘त्यसअनुसार अहिलेको परिस्थितिमा संसद विघटन गर्न मिल्दैन।’  

भिडियो हेर्नुस् :

प्रकाशित: ५ पुस २०७७ ०९:५४ आइतबार