राजनीति

संसद विघटनविरूद्ध माईतीघरमा प्रदर्शन

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि त्यसको विरोधमा काठमाडौंको माईतीघरमा प्रदर्शन भएको छ। संसद विघटन असंवैधानिक तथा अवैधानिक रहेको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका हुन्। उनीहरुले केपी ओली सरकारले जनमतको अपमान गरेको पनि आरोप लगाएका छन्।

प्रदर्शनकारीहरुले कालो ब्यानरसहित विभिन्न नारासहितका प्ले कार्डहरु बोकेका छन्।

 

प्रकाशित: ५ पुस २०७७ ०९:४२ आइतबार

संसद विघटन प्रदर्शन