राजनीति

संसद विघटन विरुद्ध पोखरामा विद्यार्थी आन्दोलन

पोखरामा विद्यार्थीले सुरु गरेको आन्दोलन । तस्बिरः उमेश पुन÷नागरिक

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव गरेपछि पोखरामा विद्यार्थीले आन्दोलन सुरु गरेका छन् । प्रधानमन्त्री ओलीले व्यक्तिगत स्वार्थका निम्ति संसद विघटनको प्रयास थालेको विद्यार्थीको भनाई छ ।  

प्रधानमन्त्रीको प्रस्तावले लोकतन्त्रको हरण र संविधानको धज्जी उडाएको विद्यार्थीको भनाई छ । अनेरास्ववियुका पृथ्वीनारायण क्याम्पस कार्यवाहक अध्यक्ष सन्तोष न्यौपानेले लोकतन्त्रको रक्षाका निम्ति आन्दोलन सुरु भएको बताए । ‘प्रधानमन्त्री ओलीको कदमका विरुद्ध अरु कतै आन्दोलन सुरु नहुँदै पृथ्वीनारायण क्याम्पसबाट सुरु भएको छ,’ न्यौपानेले भने, ‘सहीदको योगदानले र आन्दोलनका भरमा लोकतन्त्र आएपनि प्रधानमन्त्री ओलीले व्यक्तिगत स्वार्थका निम्ति यो कदम चालेका छन् ।’  

ओलीले भरौटे नियुक्त गर्न नपाउँदा कु को प्रयास गरेको उनले बताए । ‘कम्युनिष्टको बिचारसँग पनि यो मिल्दैन,’ उनले भने । विद्यार्थीले पोखराको मुल बजार महेन्द्रपुलमा दिउँसो १ बजेदेखि आन्दोलन गर्ने बताएका छन् । विघटनको प्रस्ताव फिर्ता नभए देशभर आन्दोलन चर्काउने विद्यार्थीको भनाई छ । 

प्रकाशित: ५ पुस २०७७ ०७:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App