राजनीति

आत्मघाती बाटो नरोजौंः नेता गुरुङ

नेकपा स्थायी कमिटी सदस्य किरण गुरुङले आत्मघाती बाटो नरोज्न नेतृत्वलाई आग्रह गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नका लागि सिफारिस गरेलगत्तै सामाजिक सञ्जालमा फेसवुकमा स्टाटस लेख्दै उनले आत्मघाती बाटो नरोज्न पार्टी नेतृत्वलाई आग्रह गरेका हुन्।

नेकपा गण्डकी प्रदेश सहईञ्चार्जसमेत रहेका नेता गुरुङले कुनैपनि हालतमा पार्टी एकता र देशलाई दुर्घटनाबाट जोगाउनुपर्ने भन्दै फेसवुकमा लेखेका छन्,‘आत्मघाती बाटो नरोजौं, कुनैपनि मूल्यमा पार्टी एकतालाई जोगाऔं र देशलाई बर्बाद हुनबाट बचाऔं।’

गुरुङ गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री पनि हुन्। पहिले बामदेव गौतमका विश्वास पात्र मानिने गुरुङ हाल आफ्नो पक्षमा रहेको ओली पक्षको दाबी छ। तर नेपाल पक्षलेपनि गुरुङलाई आफ्नै पक्षको भन्न छाडेका छैनन्।

प्रकाशित: ५ पुस २०७७ ०६:४६ आइतबार

संसद विघटन सिफारिस