राजनीति

स्वास्थ्य सामग्री खरिद प्रकरण : स्वास्थ्यमन्त्रीलाई लेखा समितिले बोलायो

संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई छलफलका लागि बोलाएको छ। स्वास्थ्य सामग्री खरिदमा अनियमितताको आशंकामा समितिले छानबिन गरिरहेको छ।  

भोली समितिको बैठक बस्दै छ। यस अघि नै समितिमा मन्त्री ढकाललाई बोलाउने निर्णय समितिले गरेको थियो।

कोरोना नियन्त्रणका लागि स्वास्थ्य सामाग्री ल्याउने जिम्मा सरकारले ओम्नीलाई दिएको थियो। तर त्यो प्रक्रिया विवादित बनेको थियो।

 

 

प्रकाशित: २ पुस २०७७ ०८:२७ बिहीबार

स्वास्थ्य सामाग्री