राजनीति

अविलम्ब संसद अधिवेशन बोलाउन कांग्रेसको माग

नेपाली कांग्रेसले संघीय संसदको अधिवेशन अविलम्ब बोलाउन माग गरेको छ। आज बसेको कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले सरकारले मंगलबार जारी गरेको संवैधानिक परिषदसम्वन्धी अध्यादेश संविधानको मर्म र भावना विपरीत रहेको ठहर गरेको छ। संसद अधिवेशन छलेर संविधानको मर्म विपरीत अध्यादेश जारी गरेर वर्तमान सरकारले अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र थप उजागर गरेको कांग्रेसको बुझाई छ।

संवैधानिक परिषद्को गरिमा समाप्त पारेर जारी अध्यादेश पश्चात् कुनै पनि निर्णय भएको या गरिने दुवै स्थितिमा मान्य नहुने चेतावनी दिंदै कांग्रेसले अध्यादेश तत्काल फिर्ता गर्न माग गरेको छ।

मंसिर २९ को देशब्यापी प्रदर्शनले कम्युनिष्ट सरकारको सर्वसत्तावाद, तनहुँमा नेता रामचन्द्र पौडेल माथि भएको दुव्र्यवहार, कोभिड विरुद्ध सरकारको अकर्मण्यता र भ्रष्टाचार विरुद्ध व्यापक जनअभिमत प्रकट गरेको निष्कर्ष कांग्रेसको छ।

यस्तै उखु किसानको माग सुनुवाइ गरेर उखुको बक्यौता अविलम्ब किसानलाई चुक्ता गर्न गराउन आवश्यक पहल र समन्वयका लागि बैठकले सरकारसँग माग गरेको छ।  

 

प्रकाशित: १ पुस २०७७ १२:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App