राजनीति

अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट

सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।  

अध्यादेश संविधानसँग बाझिएको दाबी गर्दै त्यसलाई बदरको माग राखी अधिवक्ता ओमप्रकाश अर्यालले रिट सर्वाेच्च अदालतमा रिट दायर गरेका हुन्।

रिटमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाइएको छ।  

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा मंगलबार अध्यादेश जारी गरेकी हुन्। त्यसलगत्तै साँझ ५ बजे संवैधानिक परिषद् बैठक बसेको थियो। त्यसपछि मात्र यसबारे राजपत्रमा सूचना प्रकाशन गरिएको थियो।  

यसले जालसाजी भइरहेको प्रस्ट भएको दाबी रिटमा गरिएकाे छ।  

‘असंवैधानिक तरिकाले अध्यादेश जारी भएको सूचित गर्ने राष्ट्रपतिको कार्यालयको मंगलबारको सूचना उत्प्रेषणको आदेशले जारी गरिपाऊँ’, रिटमा भनिएको छ।

त्यस्तै अध्यादेश राजपत्रमा प्रकाशन नहुँदै बोलाइएको संवैधानिक परिषद् बैठक र त्यसले गरेका काम/कारबाही बदर गर्न रिटमा माग गरिएको छ। 

प्रकाशित: १ पुस २०७७ ०७:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App