राजनीति

संसद् अधिवेशन छलेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक : सभापति देउवा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘संसद् अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएकामा’ पार्टीको विमति रहेको बताएका छन्। सरकारले आज संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी, पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेपछि उनले सामाजिक सञ्जालमार्फत सो टिप्पणी गरेका हुन्।  

‘संसद् अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक’ रहेको पनि उनले बताएका छन्।  

 

प्रकाशित: ३० मंसिर २०७७ १३:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App